२४ पुष २०८० १३:१३
२४ पुष २०८० १३:१३
२४ पौष, काठमाण्डौं - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला मंगलबार बिहान सम्बन्धित निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खनालले राजीनामा बुझाएका हुन् । अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।