२४ पौष, काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।
प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला मंगलबार बिहान सम्बन्धित निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खनालले राजीनामा बुझाएका हुन् ।
अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।