४ फाल्गुन २०८० २०:५२
४ फाल्गुन २०८० २०:५२
धिरेन्द्र भट्ट। फाल्गुन ४ सुदुरपश्चिममा ८१ हजार प्रथम पुरस्कार रहेको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कंचनपुरको महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजना तथा हेल्पिङ ग्रुपको सहकार्यमा सुदूरपश्चिमको सबैभन्दा ठूलो "फारवेस्टन कर्पोरेट क्रिकेट कप" को पाँचौ संस्करण आउँदो फाल्गुन १२ गतेबाट संचालन हुन लागेको हो। यसअघि फागुन ५ गतेबाट संचालन हुने भनिएको प्रतियोगिता विविध कारण बस फागुन १२ गते बाट हुने भएको छ। सुदूरपश्चिमान्चल विश्व बिधालयको खेल मैदानमा प्रतेक बिदाका दिनहरुमा खेलहरु हुनेछन। प्रतियोगितामा सुदूरपश्चिम भरिका २० टिमहरुले सहभागीता जनाउने तय भएको छ। प्रथम पुरस्कार ८१ हजार रकम रहेको प्रतियोगिताको द्दितिय हुने टिमले ४१ हजार रकम सहित ट्रफी र प्रमाण पत्र पाउने…