Naya Update

फारवेस्टन कर्पोरेट क्रिकेट कपको पाँचौ संस्करण हुँदै

Advertisement

धिरेन्द्र भट्ट। फाल्गुन ४

सुदुरपश्चिममा ८१ हजार प्रथम पुरस्कार रहेको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कंचनपुरको महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजना तथा हेल्पिङ ग्रुपको सहकार्यमा सुदूरपश्चिमको सबैभन्दा ठूलो “फारवेस्टन कर्पोरेट क्रिकेट कप” को पाँचौ संस्करण आउँदो फाल्गुन १२ गतेबाट संचालन हुन लागेको हो।

यसअघि फागुन ५ गतेबाट संचालन हुने भनिएको प्रतियोगिता विविध कारण बस फागुन १२ गते बाट हुने भएको छ। सुदूरपश्चिमान्चल विश्व बिधालयको खेल मैदानमा प्रतेक बिदाका दिनहरुमा खेलहरु हुनेछन। प्रतियोगितामा सुदूरपश्चिम भरिका २० टिमहरुले सहभागीता जनाउने तय भएको छ।

प्रथम पुरस्कार ८१ हजार रकम रहेको प्रतियोगिताको द्दितिय हुने टिमले ४१ हजार रकम सहित ट्रफी र प्रमाण पत्र पाउने छन्। अन्य बिधाका खेलाडीहरुलाई पनि नगद सहित पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दिनेश राज भट्टले जानकारी दिए।

प्रतियोगितामा टिम दर्ताको लागीका फागुन ८ गते २ बजे सम्मको समय तोकिएको छ। टिम दर्ताका लागि प्रवेश शुल्क १५ हजार जारी गरिएको छ। प्रतियोगिताका सम्पुर्ण खेलको खेलतालिका फागुन ८ गते साझ निकालिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search