१० बैशाख २०८१ १८:०९
१० बैशाख २०८१ १८:०९
सरकारको तयारी सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिइन्। त्यस्तै बैठकले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन बिकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्रैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायबाट पोखरा महानगरमा हुने हरित परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९ दशमलव ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। बैठकले विपदबाट…