Naya Update

Day: ६ फाल्गुन २०८१ २०:१९

भरुवा बन्दुकसहित दुईजना घरबाटै प्रहरीको फन्दामा

भरुवा बन्दुकसहित दुईजना घरबाटै प्रहरीको फन्दामा

अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो। तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका-२ बगनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Read More
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search