११ चैत्र २०८१ २२:०६
११ चैत्र २०८१ २२:०६
कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ। नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो। शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको र त्यसैका आधारमा दैनिक धम्क्याउने मात्र होइन, शिक्षा समितिको निर्णयविपरीत सरुवा गर्ने गरेकोप्रति आपत्ति जनाउनुभयो। शिक्षक बरालसहित खेमराज न्यौपानेलाई पनि नगरप्रमुख शाहीले सरुवा गर्नुभएको हो। शिक्षा समितिको बैठकमा व्यक्तिगत आग्रह पूर्वाग्रहले विद्यालयमा राम्रो गरिरहेका शिक्षकद्वय बराल र न्यौपानेलाई नगरप्रमुख शाहीले शाखालाई तुरुन्त सरुवा गर्न निर्देशन दिनुभएको थियो। शिक्षकले पाउने सेवाबाट दुई हजारदेखि…