Naya Update

राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

Advertisement

काठमाडौँ । ‘नेपालको सामाजिक तथा राजनीतिक परिवेशमा पठन संस्कृति ओझेल हुँदै गइरहेको सन्दर्भमा ज्ञानशाला अनुसन्धान केन्द्रको निर्माणले नयाँ आयाम थपेको’ भाषा आयोगका सदस्य मातृका पोखरेलले बताउनु भयो । भाद्र २४ गतेका दिन केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै वहाँले सो धारणा राख्नुभएको हो । 

काठमाडौँको १६ नं. वडास्थित नयाँबजारको उत्तम चोकमा खुलेको अनुसन्धान केन्द्रको उद्घाटन गर्दै प्राज्ञ पोखरेलले ‘सामाजिक तथा राजनीतिक क्षेत्रमा विकृतिहरू बढ्दै जानुमा ज्ञानको गहिराई सम्म पुग्ने प्रवृत्ति हट्दै जानु हो’ बताउनु भयो । 

उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, समाजसेवीहरू घनश्याम न्यौपाने, रामदेव पाण्डे, हेमराज आश्रम, सुवास देवकोटा, भक्ति लामिछाने, सुवास जि.सी., सुकदेव दाहाल, विष्णुहरि देवकोटा, जगत् वशिष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा पूर्व माननीय हरि आचार्य, प्राज्ञ डा.कौशीला रिसाल, कानुन व्यवसायी पदम रोका, लक्ष्मण देव पाण्डे, समाजसेवीहरू डा.चूडा ढकाल, वैरागी जेठा, शान्ता सिंह, निर्मला के.सी., भक्त वि.क., जगत् रेग्मी, उत्तम श्रेष्ठ, जगत् श्रेष्ठ, भाइकाजी श्रेष्ठ लगायतको पनि आतिथ्य रहेको थियो ।

दर्शन, इतिहास, विश्व परिवेश, कानुन, भाषा र साहित्यका लगायतका विषयहरूका व्यवस्थित रूपमा अध्ययन अध्यापन गराउने कार्यक्रमका अध्यक्ष भोलानाथ ढकालले धन्यवाद मन्तव्यमा बताउनु भयो । उत्पादनसँग जोडिदा सिप र कलाको अभाव हुँदा श्रम बजारमा निखरता आउन नसकिरहेको चुुनौतिका विरुद्ध पनि ज्ञानशाला क्रियाशील हुने अध्यक्ष ढकालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search