Naya Update

Day: २४ भाद्र २०८० २०:४१

  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु…
Read More
पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्वालाई अध्यक्ष बनाउँदै जी २० समिट समापन भएको छ । यसका साथै आगामी वर्ष हुने जी २० समिटको आयोजना समेत ब्राजिलले गर्नेछ । भारतका राष्ट्रपति नरेन्द्र मोदीले संस्कृत भाषामा स्वस्ति अस्तु विश्यस्य ! अर्थात सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चार होस् भन्दै जी २० समिटको समापन गरेका हुन् ।  जी २० को अध्यक्षको भूमिका ग्रहण गर्दै ब्राजिलका राष्ट्रपतिले ३ वटा विषयलाई प्राथमिकता दिने बताए–१) सामाजिक न्याय र भोकमरीका विरुद्ध लडाई २) दिगो विकास ३) संसारका संस्थानहरूमा परिवर्तन ।  के यस प्रकारको समिटले विश्वमा सामाजिक न्यायका पक्षमा काम गर्छ त ? यो विषयमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज…
Read More
राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

काठमाडौँ । ‘नेपालको सामाजिक तथा राजनीतिक परिवेशमा पठन संस्कृति ओझेल हुँदै गइरहेको सन्दर्भमा ज्ञानशाला अनुसन्धान केन्द्रको निर्माणले नयाँ आयाम थपेको’ भाषा आयोगका सदस्य मातृका पोखरेलले बताउनु भयो । भाद्र २४ गतेका दिन केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै वहाँले सो धारणा राख्नुभएको हो ।  काठमाडौँको १६ नं. वडास्थित नयाँबजारको उत्तम चोकमा खुलेको अनुसन्धान केन्द्रको उद्घाटन गर्दै प्राज्ञ पोखरेलले ‘सामाजिक तथा राजनीतिक क्षेत्रमा विकृतिहरू बढ्दै जानुमा ज्ञानको गहिराई सम्म पुग्ने प्रवृत्ति हट्दै जानु हो’ बताउनु भयो ।  उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, समाजसेवीहरू घनश्याम न्यौपाने, रामदेव पाण्डे, हेमराज आश्रम, सुवास देवकोटा, भक्ति लामिछाने, सुवास जि.सी., सुकदेव दाहाल,…
Read More
माटोको सिमाना

माटोको सिमाना

-डा. कौशिला रिसाल कोदो गोड्दै गर्दा बालेभन्ने गरेका दन्त्यकथा रआमाले गाएका श्रमका गीतमालठ्ठ पर्दै बालवयमासधैँ खुसीको हिमाल बोकेरपहाडको काँध चढीतराई हेर्ने मेरो आँखाको मनसुनकोसी, तामाकोसी र तमोर तरेरमेचीको पवित्र पानीमाआह्लादित हुनपुग्थ्यो, कर्णालीको तुइन झुन्डिएरपनि विस्मित थिएन,समयको पल । तरकोइलीको मधुर स्वरमाझरनाको मिठो गीत गाउँदैमसँगै हिँडिरहनेसगरमाथाको आकाशमलिन लाग्छ अचेलमाछापुच्छ«ेको हेराइउदास देख्छुडाँफे र मुनालकोगीतमा मुजुरको छमछमी छैन । उमेरको उकालोसँगैबढ्दो रहेछ जिम्मेवारी,देश घाइते हुँदासबैभन्दा बढ्ता दुख्दो रहेछआफ्नै मुटु,आँखा चिम्लिँदा पनिमाटोको सिमानादेखिरहन्छ पीडाका आकारहरूमा । मलाई राम्रो सम्झना छ,मेरा भूगोल विषयका देशभक्त गुरुर उनले पढाएको माटोको सिमाना । देशको नक्साभित्र बसेरग्रेटर नेपालको क्षेत्रफलअर्थात्तीन लाख चौतिस हजारदुई सय पचास वर्ग किमीर अर्को, सम्झन्छुदुई लाख,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search