Naya Update

सबैभन्दा ठुलो गोली काण्डबाट आतङ्कित अमेरिकी सहर, लेविस्टन

Advertisement

 

न्युयोर्क, १० कार्तिक । अमेरिकामा गोली काण्डका घटना अझै रोकिएका छैनन् ।

अमेरिकाको लेविस्टनमा बुधवार अबेर राति भएको गोली काण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन्, यस्तो अवस्थामा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।

अमेरिकाको मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ ।

सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन ।

यसअघि उनी घरेलु हिंसाको मुद्दामा पनि पक्राउ परिसकेका व्यक्ति भएको पनि खुलेको छ । यति मात्र होइन उनी मानसिक रोगी समेत रहेको र मानसिक अस्पतालमा उपचार गराइरहेकोसमेत प्रहरीले जनाएको छ ।

समाचार अनुसार रोबर्टले अनौठो आवाजमा बोल्दथे । उनले हालै मात्सारै कोमा रहेको नेशनल गार्ड बेसमा गोली हानेर धम्कीसमेत दिएका थिए।

यसअघि प्रहरीले बुधवार साँझ सेमी अटोमेटिक राइफल बोकेका एक व्यक्तिको दुई तस्बिर फेसबुकमा सार्वजनिक गरेको थियो । तस्बिरहरूले खैरो हुडी र जिन्स लगाएको दाह्री भएको मानिसलाई गोली चलाउने स्थितिमा हतियार समातेको देखाएको छ ।

प्रहरीका अनुसार रोबर्टको दुई पटक सम्बन्ध विच्छेद भइसकेको छ । उनी तीन सन्तानका पिता हुन् । उनीसँग घरेलु हिंसा र अन्य अपराधको इतिहास बोकेका व्यक्तिसमेत हुन । उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए ।

सो घटना पछि अमेरिकन प्रहरीले लेविस्टनका स्थानीय बासिन्दालाई घरभित्रै बस्न सल्लाह दिएको छ ।यससँगै प्रहरीले रोबर्ट कार्डको खोजी गरिरहेको छ तर उनी अझै प्रहरीको पहुँचबाट बाहिर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search