Naya Update

काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

Advertisement

दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् ।

वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले  दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् ।

उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन ।

‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र वैधानिक अर्थतन्त्रलाई दुरुत्साहन गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन’ उनले भने ।

सत्ता गठबन्धनबाट तत्काल बाहिरिन काँग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाइ गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ ।

‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।

 


प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search