Naya Update

भारतमा एकै परिवारका ७ जनाद्वारा सामूहिक आत्महत्या

Advertisement

 

नयाँ दिल्ली, ११ कार्तिक । भारतको सुरत सहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ ।

यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदय विदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् ।

एक परिवारका श्रीमान् श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो ।

शान्तिलाल सोलंकीले झुन्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशङ्का गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो ।

प्रहरीका अनुसार यो दुखद घटना शनिवार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटिया स्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो ।

शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए ।

यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ । मृत्युको कारण खुल्नका लागि प्रहरीले शव पोस्टमार्टमका लागि नयाँ सिभिल अस्पतालमा राखेको छ ।

प्रहरी अधिकारीहरूले परिवार र उनीहरूको आर्थिक अवस्थाबारे थप जानकारी लिन छिमेकीहरू र क्षेत्रका अन्य मानिसहरूसँग सोधपुछ गर्न थालेका छन्। यो सामूहिक आत्महत्याको कारण के हो ? भनेर अहिलेसम्म कसैलाई थाहा छैन। तर, आर्थिक समस्या, पारिवारिक विवादलगायत सबै पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सुरतमा भएको सामूहिक आत्महत्याको घटनामा एकैसाथ सात जनाको मृत्यु हुनेमा शान्तिलाल सोलंकी र उनकी श्रीमती रिता सोलंकी, उनका छोरी काव्या सोलंकी र दीक्षा सोलंकी, छोरा कुशल सोलंकी, शान्तिलाल सोलंकीका बुवा कानुभाइ सोलंकी र आमा शिलाबेन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search