Naya Update

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

Advertisement

गाजा, १४ कार्तिक । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो।

तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए।

यसैबिच, उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् ।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल– कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भइरहेको रिपोट गरेको छ ।

‘जसका कारण भवनहरु काँपिरहेको छ र विस्थापित नागरिकहरू र काम गर्ने टोलीहरूले डर र त्रासको अनुभव गरिरहेका छन्,’ रेड क्रिसेन्टले सामाजिक सञ्जाल पोस्टमा भन्यो।

सो अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजार भन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ ।

सोमबार रेड क्रिसेन्टले भने कि इजरायलले तत्काल अस्पताल खाली गर्न चेतावनी दिएको थियो।

तर, मानव अधिकार विशेषज्ञहरूले चेतावनी दिएका छन कि अस्पतालको सुविधामा प्रत्यक्ष प्रहार युद्ध अपराध हुनेछ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search