Naya Update

माग सम्बोधन गर्न संघलाइ प्रदेश २ को एक महिने अल्टिमेटम

Advertisement

२३ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघीयता भएको ८ वर्ष भइसक्दा समेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए ।

३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि मुख्यमन्त्री यादवले दिएका छन् ।

प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मागहरु जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको मुख्यमन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हु...
कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त...
सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search