पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई हेरोइन बरामदसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा करन पन्त र अमित पन्त रहेका छन्। करन पन्त भारतको उत्तराखण्ड राज्यको उधमसिंहनगरका बासिन्दा हुन् भने अमित पन्त कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका स्थानीय बासिन्दा हुन्।
प्रहरी टोलीले विशेष सूचनाका आधारमा सेतो मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई कंचनपुरलो गड्डाचौकीमा चेकजाँच गर्दा मोटरसाइकलको साइड प्यानलभित्र खुकुरीको डिब्बामा सेतो प्लास्टिकमा बेरिएको अवस्थामा १ं.७९ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कंचनपुरले अनुसार घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको हो।