Naya Update

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

Advertisement

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हुँदै छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटका लागि प्रारम्भिक चरणमा २८ खेलाडीको नाम समेत सार्वजनिक गरेको छ।

आउँदो ‘मे’ महिनामा थाइल्याण्डमा हुने एशिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न खेलाडीको नाम सार्वजनिक गरेको हो।

इन्दु बर्माको कप्तानिमा रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न्।

यस्तै कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड़का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद पनि प्रारम्भिक छनोटमा परेका छ्न्।

आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search