Naya Update

विश्वकप छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै

Advertisement

मंसिर ४, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ ।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।  नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो ।

नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो ।

सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हु...
कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त...
सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search