Naya Update

सर्वोच्चले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

Advertisement

काठमाडौँ, ८ मङ्सिर । सर्वोच्च अदालतले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए ।

सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हु...
कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त...
सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search