Naya Update

फ्रान्स र जर्मनी सहित ६ देशका नागरिक बिना भिसा चीन जान पाउने

Advertisement

काठमाडौँ, ८ मङ्सिर । चीनले बिभिन्न ६ देशका लागि भिसामुक्त यात्राको परीक्षण गरेको छ ।

चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसामुक्त यात्राको परीक्षण गरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

यी देशका साधारण राहदानी धारकहरूले यहि डिसेम्बर देखि सन् २०२४ को नोभेम्बर सम्म सम्म १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् ।

यसले चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत पु¥याउँने विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार भनेका छन् । हाल, अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ ।

सन् २०२० मा कोरोनाभाइरस महामारीलाई ध्यानमा राख्दै चीनले कडा रुपमा यात्रा प्रतिबन्ध लगाएको थियो ।

तीन वर्षसम्म चीनले अन्य देशका नागरिकलाइ यसरी कडा प्रतिबन्ध लगाएका कारण पर्यटन र व्यापारमा असर पर्न गएको भन्दै चीनले यस्तो नीति अपनाउन लागेको हो ।

महामारी हुनुअघि प्रत्येक वर्ष दशौं लाख अन्तर्राष्ट्रिय आगन्तुक चीनमा पुग्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हु...
कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त...
सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search