Naya Update

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

Advertisement

१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।

नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् ।

यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।

खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेलमङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।

कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search