Naya Update

अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिन्छ : गगन थापा

Advertisement

१ पुष, काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।


पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिने बताए ।


थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छन् ?, म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु – गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’


सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनको गुनासो छ । ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नुपर्यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search