
४ पुस, काठमाण्डौं – रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नागलको मृत्यु भएको उल्लेख गरेको हो ।
योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।