४ पुष २०८० २२:२३
४ पुष २०८० २२:२३
४ पुस, काठमाण्डौं - संघीय संसद्को महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त नगरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई मंसिर २५ मा सिफारिस गरे पनि राष्ट्रपति पौडेलले अध्ययन गर्ने भन्दै रोकेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिले पाण्डेलाई नियुक्त नगरेकोमा आपत्ति जनाएको हो । 'सभामुख र अध्यक्षले सिफारिस गरेका संसद्का महासचिव पाण्डेलाई नियुक्त नगरी राष्ट्रपतिमा राजनीतिक स्वार्थ देखियो,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘यसबाट राष्ट्रपतिको भूमिका खुलेआम कांग्रेस पार्टीका नेताको जस्तो देखियो ।’ एमालले संविधानअनुसार संसदको महासचिव सिफारिस गर्ने प्रावधान भए पनि राष्ट्रपतिले राक्नु खेदजनक भएको जनाएको छ ।…