Naya Update

विरोधहरुका बिच तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल कप जारी

Advertisement

धिरेन्द्र भट्ट। माघ १६

कंचनपुरको महेन्द्रनगर/भीमदत्तनगर स्थित खुलामञ्चमा जारी तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल कप प्रतियोगितामा दर्शकहरुलाई लगाइएको प्रवेश शुल्क लगाएत व्यवस्थापनको विषयलाई लिएर विरोध सतहमा आएको छ।

आइतबार माघ १४ बाट २० गतेसम्म जारी रहने प्रतियोगिताको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री एन.पी साउँदले गरे। प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरि १० टिमको सहभागिता रहेको छ।

जारी तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता संचालनका लागि प्रदेश सरकारले ८० लाख रकम बिनियोजन गरेको छ। तर, सरकारी बजेटमा संचालन भइरहेको प्रतियोगितामा दर्शकहरुबाट टिकट रकम असुलेकोमा क्रान्तिकारी युवा संगठन सुदुरपश्चिम् समितिले विरोध जनाएको छ।

क्रान्तिकारी युवा संगठनले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उक्त निर्णयको विरोध जनाएको छ। युवा संगठनका संयोजक दीपेन्द्र एरिले प्रतियोगिता संचालकले जिल्ला भलिबल संघ कंचनपुर र आफुहरुलाई गुमराहमा राखेको आरोप लगाए।

‘प्रदेश सरकारबाट भलिबल प्रतियोगिताका लागि ८० लाख बजेट बिनियोजन भएको छ। त्यसमध्ये १८ लाख ६५ हजार रकम जिल्ला भलिबल संघलाई हस्तान्तरण भएको छ, उनले भने, ‘उहाँहरुबिच डिल भएर रकम हस्तान्तरण गरिएको छ। बाकी ६१ लाख ३५ हजार रुपैयाँ खेलकुद परिषदले कुन शिर्षकमा के-कती खर्च गर्ने कुनैपनी निर्क्यौल गरेको छैनन्।

प्रतियोगिता व्यवस्थापनमा स्थानिय श्रमिकलाई अवसर दिइ रोजगार दिनुपर्ने स्थानमा व्यवस्थापनको सम्पुर्ण जिम्मा सेनालाई दिइएकोमा विरोध चलिरहेको छ। यसका साथै खेलकुद प्रतियोगिताको उद्घाटन सम्बन्धित मन्त्रालय वा निकायबाट नभएकोमा परराष्ट्रमन्त्रीबाट भएको भन्दै असन्तुष्टि थप चुलिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search