१६ माघ २०८० २१:०१
१६ माघ २०८० २१:०१
धिरेन्द्र भट्ट। माघ १६ कंचनपुरको महेन्द्रनगर/भीमदत्तनगर स्थित खुलामञ्चमा जारी तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल कप प्रतियोगितामा दर्शकहरुलाई लगाइएको प्रवेश शुल्क लगाएत व्यवस्थापनको विषयलाई लिएर विरोध सतहमा आएको छ। आइतबार माघ १४ बाट २० गतेसम्म जारी रहने प्रतियोगिताको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री एन.पी साउँदले गरे। प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरि १० टिमको सहभागिता रहेको छ। जारी तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता संचालनका लागि प्रदेश सरकारले ८० लाख रकम बिनियोजन गरेको छ। तर, सरकारी बजेटमा संचालन भइरहेको प्रतियोगितामा दर्शकहरुबाट टिकट रकम असुलेकोमा क्रान्तिकारी युवा संगठन सुदुरपश्चिम् समितिले विरोध जनाएको छ। क्रान्तिकारी युवा संगठनले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै…