Naya Update

क्रिकेटको सहरमा समर्थक बटुल्दै भलिबल

Advertisement

धीरेन्द्र भट्ट। माघ २०

कंचनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा जारी रहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता दर्शकहरुको बाक्लो उपस्थितिका साथ आज सम्पन्न भएको छ।

७ प्रादेशिक र ३ विभागीय टोलि गरि जम्मा १० टिमको सहभागीगा रहेको उक्त प्रतियोगिता करिब १ साता चल्यो। माघ १४ गतेबाट संचालन भलिबल प्रतियोगितामा समर्थकहरुको उपस्थिति बाक्लो देखियो। उद्घाटनको दिनमा निशुल्क प्रवेश गरिएता पनि अन्य दिनमा प्रवेश शुल्क तिरेर समर्थकहरुको उपस्थितिले खुलामञ्च भरिभराउ रह्यो।

कंचनपुर अझ भन्दा महेन्द्रनगर क्रिकेटका लागि देसमै परिचित छ। यस सहरले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने लगभग दर्जन खेलाडी तयार पारेको छ। सोही खेलतर्फ पछिल्लो समय महेन्द्रनगरमा मात्र नभई देशभर क्रेज बढ्दो छ। तर, यस सम्पन्न प्रतियोगिताले भलिबल तर्फ पनि क्रेज ल्याउन सक्ने संकेत देखाएको छ।

करिब १ साता जारी रहेको लिगचरणका खेलहरुमा दर्शकहरुको औसत संख्या हजारौंमा थियो। नकआउट चरणमा खेलहरु सुरु भए सँगै उक्त संख्यामा उल्लेख्य वृद्धि भयो। जसअनुरुप सशस्त्र प्रहरी बल र गण्डकी प्रदेश बिचको फाइनल खेल हेर्न लगभग १२ हजार समर्थक खुलामञ्च प्रवेश गरेका थिए।

फाइनल सुरुहुनु अगावै नेपाली राष्ट्रिय भलिबल टिम प्रशिक्षक जगदीश भट्टले प्याराफिटले दर्शक क्षमता धान्न नसक्ने बताउदै ३ हजार दर्सक क्षतमा राख्ने बताएका थिए। उनको यो भनाईले पनि भलिबलतर्फ रहेको पुरानो लोकप्रियता एकपटक फेरि फर्कनसक्ने प्रसस्त सम्भाव्यता देखाएको छ।

कुनैबेला ६०औं को दसकमा क्रिकेट र फुटबल जस्तै भलिबलको पनि लोकप्रियता देसभर सर्बत्र छाएको थियो। पछि भलिबल संघ भित्र छाएको राजनीतिकरणले उक्त लोकप्रियतामा ह्रास आउन पुग्यो। त्यसपछि विसं २०७४ जेष्ठ ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो।

नेपाल भलिबल संघ र देशभर रहेका शाखा संघहरुमा रहेको विवाद समाप्त पारी संरचनामा सुधारात्मक परिवर्तन गर्ने हो भने पुनः क्रेज ल्याउन र राष्ट्रिय खेल घोषणाले सार्थकता पाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search