Naya Update

मंगोलियन हार्टले लामो अन्तरालपछी दक्षिण कोरियामा सांगीतिक कार्यक्रम गर्दै

Advertisement

मंगोलियन हार्ट’ ले दक्षिण कोरियामा सांगीतिक यात्रा गर्ने भएको छ।

ब्यान्डले कोरियामा ५ वर्षपछि सांगीतिक प्रस्तुति दिन लागेको हो। यसअघि मंगोलियन हार्टले ५ बर्ष अघि दक्षिण कोरियामा प्रस्तुति दिएको थियो। गतवर्ष मंगोलियन हार्टले अस्ट्रेलियामा सांगीति प्रस्तुति दिएको थियो।

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबि लामाले जानकारी दिए।

नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाले आफ्नो चर्चित गीतहरू गाउने छन्।

वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

मङ्गोलियन हार्ट नेपालको एक नेपाली लोक लोक, पप, स्लो रक मेलोडी ब्यान्ड हो। सन् १९९२ मा स्थापना भएको यश ब्यान्डले नेपालमा धेरै अवार्ड प्राप्त गरेको छ। नेपाली समुदायमा ब्यान्ड विश्वभर निकै लोकप्रिय छ। ब्यान्डले अमेरिका, अष्ट्रेलिया (सिड्नी, मेलबर्न, पर्थ, डार्विन, ब्रिस्बेन, एडिलेड, तस्मानिया र क्यानबेरा) हङकङ, दुबई, इजरायल, दक्षिण कोरिया, भारतका विभिन्न सहर, भुटान, अबुधाबी र सबैतिर भ्रमण गर्दै सांगीतिक कार्यक्रम गर्दै आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search