Naya Update

मंगोलियन हार्टले लामो अन्तरालपछी दक्षिण कोरियामा सांगीतिक कार्यक्रम गर्दै

Advertisement

मंगोलियन हार्ट’ ले दक्षिण कोरियामा सांगीतिक यात्रा गर्ने भएको छ।

ब्यान्डले कोरियामा ५ वर्षपछि सांगीतिक प्रस्तुति दिन लागेको हो। यसअघि मंगोलियन हार्टले ५ बर्ष अघि दक्षिण कोरियामा प्रस्तुति दिएको थियो। गतवर्ष मंगोलियन हार्टले अस्ट्रेलियामा सांगीति प्रस्तुति दिएको थियो।

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबि लामाले जानकारी दिए।

नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाले आफ्नो चर्चित गीतहरू गाउने छन्।

वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

मङ्गोलियन हार्ट नेपालको एक नेपाली लोक लोक, पप, स्लो रक मेलोडी ब्यान्ड हो। सन् १९९२ मा स्थापना भएको यश ब्यान्डले नेपालमा धेरै अवार्ड प्राप्त गरेको छ। नेपाली समुदायमा ब्यान्ड विश्वभर निकै लोकप्रिय छ। ब्यान्डले अमेरिका, अष्ट्रेलिया (सिड्नी, मेलबर्न, पर्थ, डार्विन, ब्रिस्बेन, एडिलेड, तस्मानिया र क्यानबेरा) हङकङ, दुबई, इजरायल, दक्षिण कोरिया, भारतका विभिन्न सहर, भुटान, अबुधाबी र सबैतिर भ्रमण गर्दै सांगीतिक कार्यक्रम गर्दै आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search