२३ माघ २०८० १७:४२
२३ माघ २०८० १७:४२
फेब्रुअरी २ मा प्रेमपत्र प्रतियोगिता आयोजना हुँदै कैलालीको धनगढीमा प्रेमपत्र दिवस आयोजना हुने भएको छ। आउदो फाल्गुन २ मा भ्यालेन्टाइन डे(प्रणय दिवस) को अवसर पारी सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिताको आयोजना गर्न लागेको हो। मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो। आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ। प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ। प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ। आयोजकले premchanad2075@gmail.com अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन…