Naya Update

कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

Advertisement

भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्।

कंचनपुर स्थायी घर भएका उनले थाइल्यान्डमा भएको आइडब्लूएफ विश्वकप २०२४ स्नाचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

यसअघि उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १३३ केजी उचालेका थिए।

यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा १७१ केजी उचालेका थिए।

समग्रमा उनले यसअघि ३०३ केजी उचालेकोमा अहिले ३०६ केजी उचालेर नयाँ कीर्तिमान बनाए।  कुलमा ३ सय केजी माथि उचाल्ने सागर एक्ला नेपाली हुन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search