Naya Update

Day: २९ चैत्र २०८० १६:३९

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ। नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो। उक्त पुस्तक बिक्रीवितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले बताए। ‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही…
Read More
दक्षिण कोरिया आमनिर्वाचनमा विपक्षी दललाई बहुमत

दक्षिण कोरिया आमनिर्वाचनमा विपक्षी दललाई बहुमत

दक्षिण कोरियामा बुधबार सम्पन्न आमनिर्वाचनमा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत प्राप्त गरेको छ। निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ। दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै…
Read More
कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्। कंचनपुर स्थायी घर भएका उनले थाइल्यान्डमा भएको आइडब्लूएफ विश्वकप २०२४ स्नाचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। यसअघि उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १३३ केजी उचालेका थिए। यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा १७१ केजी उचालेका थिए। समग्रमा उनले यसअघि ३०३ केजी उचालेकोमा अहिले ३०६ केजी उचालेर नयाँ कीर्तिमान बनाए।  कुलमा ३ सय केजी माथि उचाल्ने सागर एक्ला नेपाली…
Read More
मुस्लिम समुदायले नेपालमा यसरी मनाए ईद

मुस्लिम समुदायले नेपालमा यसरी मनाए ईद

एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो । मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरिरहेका छन् । इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search