Naya Update

दक्षिण कोरिया आमनिर्वाचनमा विपक्षी दललाई बहुमत

Advertisement

दक्षिण कोरियामा बुधबार सम्पन्न आमनिर्वाचनमा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत प्राप्त गरेको छ।

निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ ।

समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ।

दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो।

चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले राजीनामा दिएका छन्। प्रधानमन्त्री हान डुक शोलाई पनि राजीनामा गर्न भनिएको छ।

चुनावी नतिजाले राष्ट्रपति युन सुक योललाई पनि समस्यामा पारेको छ। सन् २०२२ मा राष्ट्रपति बनेका उनको अझै तीन वर्ष कार्यकाल बाँकी नै छ।

त्यस अवधिमा उनको दलको बहुमत नहुँदा विभिन्न विधेयकहरू ल्याउन चाहेअनुसारका कामहरू गर्न उनलाई अप्ठ्यारो पर्न सक्नेछ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search