Naya Update

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

Advertisement

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ।

नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो। उक्त पुस्तक बिक्रीवितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले बताए।

‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही छुटेका ठाउँमा पनि शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउँछौँ’, उनले भने, ‘हामीसँग पाठ्यपुस्तक पर्याप्त छ। कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ।’

केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो। कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्रीवितरण गर्दै आएकामा आगामी शैक्षिकसत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्रीवितरण गरिरहेको कार्यालय प्रमुख कुँवरको भनाई छ।

चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

क्यानमा सहमति: सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

क्यानमा सहमति: सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान)...
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको ...
ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्र...
टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरक...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search