Naya Update

सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक “गौरव यात्रा” साथ बृहत सास्कृतिक कार्यक्रम भब्यरुपमा मनायो

Advertisement

बिकाश सिंह महता / असार १२ गते बुधबार

धनगढी: यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ ” गौरव यात्रा” र्‍याली निकालेर भब्यताका साथ बृहत सांस्कृतिक कार्यक्रम मनाएको छ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको अस्थाई राजधानी धनगढीमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाएको हो। सुदूरपश्चिम प्रदेशका कला संस्कृति झल्काउने नित्य गरि बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका अगुवा अर्थात अधिकारकर्मी एवम् सुदूरपश्चिम समजाकि अध्यक्ष करुणा नेपालले बताएकि छन् । उनले भनिन् , सुदूरपश्चिम प्रदेशमा दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) मनाउदाको खुसी छुट्टै रहेको छ। जसमा संविधानमा उल्लेख्य गरिएका हक अधिकारको सुनिश्चितताका लागि हाम्रो समुदायलाई सहज हुने छ।

निलहिरा समाज काठमाडौ र युएनडिपिको सहयोगमा सुदूरपश्चिम समाज कैलालीको आयोजनामा धनगढीमा दोस्रो पटक प्रादेशिक गौरव यात्रा मनाएका हो। सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक संयोजक राजु लामाले सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको अवस्था, चुनौती के कस्तो रहेको छ भन्ने बारेमा प्रस्तुतीकरण बाट नै जानकारी दिनु भएको थियो।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख उप सचिव हरि प्रसाद ज्ञवालीले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकायले वातावरण सिर्जना गर्नु पर्ने देखिन्छ। जसमा नेपालको संविधान २०७२ मा रहेका अधिकारका लागि निति निर्माण गर्नु पर्ने देखिन्छ। जसमा सुदूरपश्चिम प्रदेशमा रहेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको घटना अध्ययन क्रमको बारेमा समेत जानकारी दिनु भएको थियो।

पुनर्वास नगरपालिका उपप्रमुख भुलिया कुमारी रानाले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका को हक अधिकारको लागि सम्बन्धित निकायले आ-आफ्नो क्षेत्रबाट कार्यान्वयन गरे मात्र कार्यक्रमले सार्थकता पाउने छ। उनले भन्नू भयो, जसमा पुनर्वास नगरपालिकाले यो समुदायका लागि बजेट समेत विनियोजन गरेका छौँ , आगामी दिनमा पालिकाले गर्न सक्ने साथ सहयोग निरन्तर रहने प्रतिबद्धता समेत गर्नु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले यो समुदायको नागरिकतामा आउने समस्या लाई सहजीकरण बनाउने बाताबरण मिलाउने छौँ, जसमा हक अधिकारको लागि संविधानमा उल्लेखित धारा १२,१८ र ४२ मा लेखिएको अधिकार सुनिश्चितका लागि नीति निर्माण गरि यसको कार्यान्वयन लागि नागरिकता कार्यविधि समेत बनिसकेको हुँदा अन्य हक अधिकारको लागि यस्तै कार्यविधि बन्न र कानुन निर्माण गर्न सरकार संग लड्न सधै अग्रसर रहन समेत अनुरोध गर्नु भयो। उनले समाजमा हुने बिकृती विसंगतिका लागि सबैले लड्न आवश्यक छ, जसमा समाजलाई उत्तरदायित्व बनाउने सबैको दायित्व हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले समाजमा आफ्नो हक अधिकारको लागि खुलेर आउदा खुसी महसुस गरेको छु, जसमा नेपाल प्रहरीको तर्फबाट हुन सक्ने साथ सहयोग सधैभ रहने भन्नू भयो।

विशिष्ट अतिथि समाजिक विकास मन्त्रालय सचीव चक्र पाडी पाण्डेले यो समुदायको हक अधिकार समेत स्थानीय तहका जनप्रतिनिधिले नबुझेको हुँदा समस्या आउने गरेको हुँदा यो समुदायको संवैधानिक निकाय कानुनी निकायको बारेमा बुझाउन आवश्यक रहेको छ। जसमा नेपाल एकदमै यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको लागि अधिकार सुनिश्चित गर्न समेत अग्रसर रहेको बताउनु भयो। आगामी दिनमा विभिन्न किसिमका कार्यक्रमको आयोजना गरि समाजलाई सुसूचित गर्न आवश्यक रहेको छ। जसमा हिंसा मुक्त समाज र बस्ती घोषणा गर्न सहयोग सबैको रहेको छ। जसमा सामाजिक विकास मन्त्रालयको तर्फबाट हुन सक्ने साथ सहयोग रहने प्रतिबद्धता गर्नु भयो।

प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव मुख्यमन्त्रालय तथा मन्त्री परिषदको कार्यालय डा.हरि लम्साल आगामी दिनमा गर्नुपर्ने साथ र सहयोग रहने समेत गर्नु भयो। जसमा निरन्तर सुदूरपश्चिम प्रदेश सरकार साथमा रहने भन्दै गौरव यात्राको समेत सफलताको शुभकामना समेत दिनु भयो।

सभापति सुदूरपश्चिम समाजकि अध्यक्ष करुणा नेपाल गौरव यात्राको यो महिनाले सबैको साथ सहयोगले निरन्तर सार्थकता पाउने विश्वासका सम्पुर्ण लाई धन्यवाद समेत दिनु भयो।
सभापति सुदूरपश्चिम समाज अध्यक्ष करुणा नेपालको सभापतित्वमा ,प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव डा.हरि लम्साल रहनु भएको थियो। विशिष्ट अतिथि समाजिक विकास मन्त्रालय सचीव चक्र पाडी पाण्डे, पुनर्वास नगरपालिका उप प्रमुख भुलिला कुमारी राना, जिल्ला प्रशासन कार्यालय कैलाली सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशि,
अतिथि राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख उप सचिव हरि प्रसाद ज्ञवाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक (डिएसपी), युएनडिपी सुदूरपश्चिमका प्रतिनिधि र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथिले पर्यावरण संरक्षणका लागि गमलामा पनि हालेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो। जसमा स्वागत नित्य संगै कार्यक्रम अगाडि बढेको थियो।स्वागत मन्तव्य सुदूरपश्चिम समाजका कोषाध्यक्ष राज चौधरीले राख्नु भएको थियो। भने यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ नेपाल कार्यक्रम संयोजक सिमरन सेरचनले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search