Naya Update

बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार

Advertisement

डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ। एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए।

उनका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ। डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१मा  ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ।

आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो। यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिए।

गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरु/भैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० क्षति पुगेको छ। बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ।

उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्दै आएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिए। रासस

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search