५ श्रावण २०८१ १६:५७
५ श्रावण २०८१ १६:५७
आजभन्दा ८ दिनअघि दुईवटा गाडीसहित त्रिशूलीमा खसेका ३७ यात्रु अझै बेपत्ता छन्। चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले बेपत्ता ६२ मध्ये २५ जनाको शव फेला परेका छन्। तर तीमध्ये १० वटा शवको सनाखत भइसकेको छैन। यी यात्रु बोकेर गएका दुई वटै बस भेटिएका छैनन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने भन्छन्, ‘अझै केहीको त फेला पर्ला, तर सबैको शव भेटिने सम्भावना न्युन हुँदैछ।’ नदीले बगाएर भारत पुर्याएका शव भारतीय सीमा सुरक्षा बल एसएसबीले फेला पार्न थालेको छ। शुक्रबार साँझ भारतको पश्चिम चम्पारण बगाहास्थित नहरमा एसएसबीले एउटा शव फेला पार्यो यसअघि बिहीबार पनि एसएसबीले भारतीय भूमिमै दुईवटा शव भेटेको थियो। अहिले…