Naya Update

तनहुँमा ७५४ जनामा डेंगी संक्रमण 

Advertisement

तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन्।

व्यासमा ५७, शुक्लागण्डकीमा १०५, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा ५५४ जनामा डेंगी पुष्टि भएको छ।

जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको हो।रासस

 

 

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search