Naya Update

Day: २६ श्रावण २०८१ १८:०१

कुलमानको समर्थनमा सडकमा उत्रिएका केही प्रदर्शनकारी पक्राउ

कुलमानको समर्थनमा सडकमा उत्रिएका केही प्रदर्शनकारी पक्राउ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप हुँदा केही प्रदर्शनकारी पक्राउ परेका छन्। माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ।
Read More
बाढीको पानी कृषि फर्ममा पस्दा १२ लाख बराबरको क्षति

बाढीको पानी कृषि फर्ममा पस्दा १२ लाख बराबरको क्षति

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको बाढीको पानी कृषि फर्ममा पस्दा १२ लाख बराबरको क्षति भएको छ। अन्नपूूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि तथा पशुुपंक्षी फार्ममा क्षति भएको हो। गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। उनका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताए। कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो। जनप्रतिनिधि र…
Read More
कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालको आयोजनामा वृक्षारोपण 

कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालको आयोजनामा वृक्षारोपण 

नेत्र पौडेल/काठमाडौँ नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाठको अवसरमा कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (केटिट्रेअएअएन) को आयोजनामा गोकर्णेश्वर नगरपालिका वार्ड नं ४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती स्मारक जगडोलमा वृक्षारोपण कार्यक्रम गरिएको हो। सो कार्यक्रममा करिब ३०० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ। कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री माननीय , ऐनबहादुर शाही ठकुरीले दक्षिण कोरियाले नेपालको विकासका लागि खेलेको भूमिकाको सराहना गर्दै वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा कोटानलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। यसैगरी…
Read More
कलुवापुर–बेलौरी सडकमा नियम विपरित बनेका संरचना भत्काइँदै

कलुवापुर–बेलौरी सडकमा नियम विपरित बनेका संरचना भत्काइँदै

कंचनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ। सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो। सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिए। उनका अनुसार यही साउन २७ गतेदेखि अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ। “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको…
Read More
तनहुँमा ७५४ जनामा डेंगी संक्रमण 

तनहुँमा ७५४ जनामा डेंगी संक्रमण 

तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ। अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन्। व्यासमा ५७, शुक्लागण्डकीमा १०५, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा ५५४ जनामा डेंगी पुष्टि भएको छ। जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको हो।रासस        
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search