Naya Update

कलुवापुर–बेलौरी सडकमा नियम विपरित बनेका संरचना भत्काइँदै

Advertisement

कंचनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ। सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो।

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिए।

उनका अनुसार यही साउन २७ गतेदेखि अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ। “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ।”

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने उनले बताए। सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ। सम्भावित संक्रामक रोगहरु फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिको अबैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ।

दुई दिनअघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो। पानीको निकास हुने ठाउमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन। यसअघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अबैध सडक क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाएको थियो। रासस

 

 

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search