नेत्र पौडेल/काठमाडौँ
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाठको अवसरमा कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (केटिट्रेअएअएन) को आयोजनामा गोकर्णेश्वर नगरपालिका वार्ड नं ४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती स्मारक जगडोलमा वृक्षारोपण कार्यक्रम गरिएको हो।
सो कार्यक्रममा करिब ३०० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ। कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री माननीय , ऐनबहादुर शाही ठकुरीले दक्षिण कोरियाले नेपालको विकासका लागि खेलेको भूमिकाको सराहना गर्दै वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा कोटानलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। यसैगरी प्रतिनिधिसभा सदस्य माननीय शान्ति श्रेष्ठ ,बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननीय बिमल ठकुरीले कार्यक्रममा बोल्दै वृक्षारोपण गर्नु अत्यन्त सरानीय कार्य भएको र यो आयोजना गरेकोमा कोटान र कोरियन एम्बेसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै गणतन्त्र कोरियाका नेपालका लागि राजदूत पार्क ताई यंगले कोटानको भूमिकालाई मुक्तकण्ठले प्रशंसा गर्दै वृक्षारोपण गर्नु कार्य अत्यन्त राम्रो भएको र कोटानले कोरिया र नेपालको बीचमा यो सम्बन्धलाई प्रगाड बनाउने काम गरिरहेकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।
कोटानले आयोजना गरेको कार्यक्रममा सहभागी भएर वृक्षारोपणमा सहभागी हुनुभएकोमा कोटानका अध्यक्ष अमरबहादुर शाहीले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
तस्बिरहरु