विश्व हिन्दु युवा संघ दक्षिण कोरियाले प्रसिद्ध कथा बाचिका देवि प्रतिभालाइ दक्षिण कोरिया ल्याउने भएको छ। संघले दुई दिने श्रीमद्भागवत कथा को आयोजना गर्ने भएको हो। सनातन धर्मको रक्षा र कोरियामा रहेका सनातनी एकता लाई थप हौसला प्रदान गर्नको लागि विश्व हिन्दु युवा संघले उक्त यज्ञको आयोजना गर्न लागेको हो।
दुई दिन सम्म चल्ने कथामा देवि प्रतिभा बाट प्रवचन गराइने संघका अध्यक्ष हेमन्त शाहले जानकारी दिए।अध्यक्ष शाहले सम्पूर्ण सनातनि हरुलाइ एकतावद्द गरेर विदेश मा पनि हिन्दुत्वको प्रचार को लागि कार्यक्रम आयोजना गर्न लागेको बताए।
यज्ञ को तयारी तिव्र भएको र देवि प्रतिभा संग प्रारम्भिक छलफल भइसकेको विश्व हिन्दु युवा संघ दक्षिण कोरियाले जनाएको छ। कार्यक्रम मा पाकिस्तान, बङगलादेश, र भारत का हिन्दु धर्मावलम्बीहरुको पनि उपस्थिति रहने संघले जनाएको छ।