डेंगु सङ्क्रमणबाट हालसम्म नेपालमा दुईजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो।
मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ। देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ। तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ। यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन्।