Naya Update

Day: २९ श्रावण २०८१ २१:१९

नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली ध्वजाबाहक सहितको नेपाल एयरलाइन्स विमान दक्षिण कोरिया ओहोरदोहोरको बाटो निर्माण गरि संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन्। थापाले नेपालीहरुले कोरिया जादा तिर्नुपर्ने जति भाडा छिमेकी कुनैपनि राष्ट्रहरुमा नभएको हुँदा यथासिघ्र यो विषयको समाधान गर्न मन्त्री बद्री पाण्डेयले पहलकदम चाल्नुपर्ने बताए। थापाले अहिले ईपीएसमा टेण्डर पनि खुलेको हुनाले मन्त्री पाण्डेयले नागरिक उड्डयन प्राधिकरणलाई थोरै चलाउदा नेपाली विमान कोरिया ओहोरदोहोर गर्ने बाटो खुल्ने बताए। दुई साताअघि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले…
Read More
पाकिस्तानी गुप्तचर संस्था पूर्व प्रमुख हामीद पक्राउ

पाकिस्तानी गुप्तचर संस्था पूर्व प्रमुख हामीद पक्राउ

पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन। पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ। पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ। फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो। गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ। अदालतले यदि फैज…
Read More
डेंगु सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाए

डेंगु सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाए

डेंगु सङ्क्रमणबाट हालसम्म नेपालमा दुईजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो। मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ। देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ। तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ। यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन्।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search