Naya Update

नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

Advertisement

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली ध्वजाबाहक सहितको नेपाल एयरलाइन्स विमान दक्षिण कोरिया ओहोरदोहोरको बाटो निर्माण गरि संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन्। थापाले नेपालीहरुले कोरिया जादा तिर्नुपर्ने जति भाडा छिमेकी कुनैपनि राष्ट्रहरुमा नभएको हुँदा यथासिघ्र यो विषयको समाधान गर्न मन्त्री बद्री पाण्डेयले पहलकदम चाल्नुपर्ने बताए।

थापाले अहिले ईपीएसमा टेण्डर पनि खुलेको हुनाले मन्त्री पाण्डेयले नागरिक उड्डयन प्राधिकरणलाई थोरै चलाउदा नेपाली विमान कोरिया ओहोरदोहोर गर्ने बाटो खुल्ने बताए।

दुई साताअघि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन थापा कोरिया पुगेका थिए। उक्त कार्यक्रममा बोल्दै उनले नेपाल एयरलाइन्स दक्षिण ओहोरदोहोरको बाटो खोल्न बद्री पाण्डेयको ध्यानाकर्षण गराउने आश्वासन व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search