दक्षिण कोरियामा आउदो १८ अगस्टमा हरितालिका तीज पर्वको अवसरमा “तीज विशेष कार्यक्रम” को आयोजना हुने भएको छ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको (एनआरएनए) आयोजनामा आइतबार “तीज विशेष कार्यक्रम” को आयोजना हुन लागेको हो। मध्याह्न १२ बजेदेखि दिउँसो ६ बजेसम्म नेपाली थाई रेस्टुरेन्ट, दोङ्देमुनमा कार्यक्रम हुने जनाइएको छ।
पछिल्लो समय ईपीएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया जाने महिलाहरुको संख्या बढ्दो रहेको छ। एनआरएनए कोरियाले कोरियामा रहेका महिलाहरुका लागि प्रत्येक बर्ष तीज विशेषका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। आयोजक एनआरएनए कोरियाले कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको कार्यक्रम संयोजक पार्वती मोक्तानले बताईन ।