Naya Update

Day: ३१ श्रावण २०८१ १७:३०

कोरियामा “तीज बिशेष कार्यक्रम” आयोजना हुँदै

कोरियामा “तीज बिशेष कार्यक्रम” आयोजना हुँदै

दक्षिण कोरियामा आउदो १८ अगस्टमा हरितालिका तीज पर्वको अवसरमा "तीज विशेष कार्यक्रम" को आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको (एनआरएनए) आयोजनामा आइतबार "तीज विशेष कार्यक्रम" को आयोजना हुन लागेको हो। मध्याह्न १२ बजेदेखि दिउँसो ६ बजेसम्म नेपाली थाई रेस्टुरेन्ट, दोङ्देमुनमा कार्यक्रम हुने जनाइएको छ। पछिल्लो समय ईपीएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया जाने महिलाहरुको संख्या बढ्दो रहेको छ। एनआरएनए कोरियाले कोरियामा रहेका महिलाहरुका लागि प्रत्येक बर्ष तीज विशेषका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। आयोजक एनआरएनए कोरियाले कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको कार्यक्रम संयोजक पार्वती मोक्तानले बताईन ।
Read More
खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबिरहेकी बालिका बचाउन जादा सोही खोलामा डुबि एक बृद्दको मृत्यु भएको छ। आज वडा नं १ हथिऔल स्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा बचाउन पसेका थिए। सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन्। अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search