Naya Update

हङकङमा विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

Advertisement

हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। हङकङ ताओइस्ट एसोसिएसन द युन युन इन्स्टिच्युट नम्बर २ माध्यमिक विद्यालयमा उक्त घटना घटेको हो।

बुधबार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम चलिरहेको थियो। यही क्रममा एक छात्राले आफ्नो शैक्षिक नतिजाको विषयलाई लिएर सहपाठीले खिल्ली उडाएको गुनासो गरिन्। यसपछि मध्यस्थता गर्न पुगेका शिक्षकले छात्रलाई शारीरिक हानि हुने गरी कारवाही गरेका हुन्।

स्रोतका अनुसार, शिक्षकले १५ वर्षीय छात्रलाई घाँटीमा समातेर भुइँमा धकेलिदिएका थिए। बाहिरी चोट नदेखिएका कारण तुरुन्त चिकित्सातर्फ ध्यान नदिएका छात्रले घटनाबारे घरमा बताएपछि भित्री भागमा चोट लागेको खुलेको हो।

उनले आफ्नी आमालाई उक्त कुरा बताएपछि चेकजाँचका लागि अस्पताल लगिएको थियो। जहाँ, बालकको दाहिने हातको हड्डी टुटेको र घाँटी तथा ढाडमा सामान्य चोट लागेको पाइएको हो।

घटनाको भोलिपल्ट (आज) प्रहरीले विद्यालय व्यवस्थापनको निगरानीमा शिक्षकलाई पक्राउ गरेको द स्ट्यान्डर्डले जनाएको छ।

सहपाठीले खिल्ली उडाएको गुनासो गर्ने छात्रा १७ वर्षीया हुन्।

यो विद्यालय हङकङ ताओइस्ट एसोसिएसनअन्तर्गत चौथो माध्यमिक विद्यालयको रूपमा सन् १९८८ मा स्थापना भएको हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search