११ आश्विन २०८१ २०:२६
११ आश्विन २०८१ २०:२६
दशैंका लागि पर्सि आइतबारदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताउनु भएको छ। सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो। यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको…