Naya Update

असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने

Advertisement

दशैंका लागि पर्सि आइतबारदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताउनु भएको छ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो।

यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो। एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजय...
क्यानडासँग पुनः पराजित नेपाल

क्यानडासँग पुनः पराजित नेपाल

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पुनः पराजित भएको छ। गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गर...
प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्। ‘अविरल वर्षा, ...
उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search