Naya Update

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

Advertisement

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा ‘बृहत दशैँ महोत्सव २०२४’ को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गर्दै बृहत महोत्सव आयोजनाको तयारी थालिएको हो।

कोरियामा क्रियाशील संस्थाहरु एनआरएनए दक्षिण कोरिया, पाँच स दक्षिण कोरिया र अन्सान नगरपालिकाले कार्यक्रम आयोजनाको जिम्मा लिएका छन्। कार्यक्रम समन्वयनमा नेपाली राजदुतावास र सहजीकरणको भुमिकमा नेपाली सम्पर्क समिति दक्षिण कोरिया रहेका छन्।

अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा आयोजना हुने बृहत दसैं कार्यक्रममा पञ्चेबाजा सहित नगर परिक्रमा, देवी पूजा, टिका जमरा कार्यक्रम, नेपाली परिकारका खानाहरुको व्यवस्था समेत मिलाइएको छ। जसलाई दशैँ महोत्सवका मुख्य आकर्षणको रूपमा जनाइएको छ। अन्य आकर्षणहरु नेपाली तथा कोरियन मौलिक पोशाकहरुको प्रदर्शनी, विभिन्न जातजातिका झाँकी सहितका मौलिक संस्कृतिक प्रस्तुतिहरु रहेका छन्।

कोरियामा प्रत्येक बर्ष नेपाली चाडहरुको अवसरमा कार्यक्रम तथा महोत्सवको आयोजना हुँदै आएका छन्। तर, ‘बृहत दशैँ महोत्सव २०२४’ लाई हालसम्मकै ठुलो महोत्सवको रूपमा लिइएको छ। ‘बृहत दशैँ महोत्सव’को उद्देश्य नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरि नेपालीहरुको राष्ट्रियता झल्काउने रहेको आयोजकहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search