१६ आश्विन २०८१ १६:३१
१६ आश्विन २०८१ १६:३१
दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गर्दै बृहत महोत्सव आयोजनाको तयारी थालिएको हो। कोरियामा क्रियाशील संस्थाहरु एनआरएनए दक्षिण कोरिया, पाँच स दक्षिण कोरिया र अन्सान नगरपालिकाले कार्यक्रम आयोजनाको जिम्मा लिएका छन्। कार्यक्रम समन्वयनमा नेपाली राजदुतावास र सहजीकरणको भुमिकमा नेपाली सम्पर्क समिति दक्षिण कोरिया रहेका छन्। अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा आयोजना हुने बृहत दसैं कार्यक्रममा पञ्चेबाजा सहित नगर परिक्रमा, देवी पूजा, टिका जमरा कार्यक्रम, नेपाली परिकारका खानाहरुको व्यवस्था समेत मिलाइएको छ। जसलाई दशैँ महोत्सवका मुख्य आकर्षणको रूपमा जनाइएको छ। अन्य आकर्षणहरु नेपाली तथा कोरियन…